Breaking News

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण


भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय भइरहेको
भर्खरै सम्पन्न आम निर्वाचनमा पराजय व्यहोरेको नेपाली कांग्रेसको राजनीतिलाई संरक्षण गर्ने प्रयोजनका लागि नै यो भ्रमण भएको हो भन्ने कांग्रेसीवृत्तको अडकलबाजी सतही भएको प्रतीत हुन्छ स्वराजले एमालेका अध्यक्ष केपी ओलीसँग देखाएको हार्दिकताबाट पनि यो अडकलबाजी गलत भएको पुष्टि हुन्छ
आमनिर्वाचनमा भारतीय सत्ताको शुभकामना मात्र होइन, दह्रो समर्थन नेपाली कांग्रेसप्रति रहेको कसैबाट छिपेको छैन कांग्रेसको नेतृत्वमा मधेशवादी दल, राप्रपालाई समावेश गराई बनाइएको चुनावी गठबन्धनको पछाडि भारतीय सत्ताको हात रहेको तथ्य सर्वविदितै आफूले नैतिक भौतिक समर्थन गर्दा पनि कांग्रेस नेतृत्वको गठबन्धनले चुनावमा नराम्ररी पराजय भएपछि भारतीय सत्ताले नेपाल नीतिको पुनः मूल्याङ्कन गरी नयाँ नीति बनाउन थालेको संकेतहरू देखा परेका थिए
यस कोणबाट हेर्दा स्वराजको भ्रमणको उद्देश्य कांग्रेसलाई सान्त्वना दिने अब बन्ने बामपन्थी गठबन्धनको नयाँ सरकारको विश्वास लिने तर्फ केन्द्रित रहेझैं प्रतीत हुन्छ
हुन यस सन्दर्भमा कांग्रेस, मधेसवादी माओवादीलाई मिलाएर केपी ओली नेतृत्वको वामपन्थी सरकार बन्न नदिने खेलमा पनि भारतीय सत्ता भन्ने आशङ्का गरिन्छ नेपाल-भारतवीचको सम्बन्ध सरकार-सरकार विचको भन्दा जनस्तरको सम्बन्ध बढि गाढा
इतिहास, भूगोल, धर्म संस्कृतिले दुई देशवीचका जनतावीचको सम्बन्धलाई सरकार-सरकारवीच हुने द्वन्द्वले पनि तोड्न नसकेका विगतका धेरै उदाहरणहरू छन् भारतीय सत्ताले नेपाली जनमत विपरीत भूमिका निभाउन खोज्दा नेपाल भारत सम्बन्ध बिग्रने गरेको मात्र छैन, भारतीय जनमत पनि सत्ता विरोधी बनेको पाइन्छ आमनिर्वाचनमा अत्यधीक जनमत वामपन्थी गठबन्धनको पक्षमा अभिव्यक्त भएकाले यो जनमतको विपरीत भारतीय सत्ता जाला भन्ने अनुमान गर्नु तर्कसङ्गत हुँदैन
वर्तमान स्थितिमा नेपाली जनता भारतीय सत्तावीचको सम्बन्ध निकै चिसो संविधानको विषयलाई उछालेर तराईका मधेशी समूदायका नेता पार्टीलाई प्रयोग गरी भारतीय सत्ताले लगाएको पाँच महिने अमानवीय नाकाबन्दीले नेपालीको मन मस्तिष्कमा पुर्याएको चोट अझै निको हुन सकेको मात्र छैन, चर्चराइरहेको अवस्थामा
भर्खरै सम्पन्न आम निर्वाचनमा जनताले भारतीय सत्ताका नेपाली सहयोगी राजनीतिक दलहरूलाई नराम्ररी पराजय गरेबाट यो कुरा छर्लङ्ग हुन्छ यो स्थितिको नेपाली जन मनोविज्ञानलाई परिवर्तन गरी सकारात्मक बनाउन भारतीय सत्ताले निकै मेहनत गर्नुपर्ने हुन्छ यसतर्फ भारतीय सत्ताको ध्यान गएको , छैन स्वराजको नेपाल भ्रमणले सङ्केत गर्नेछ
आमनिर्वाचनको परिणामपछि नेपालप्रति भारतीय सत्ताको व्यवहारमा देखिएको नरमीपनले पनि नेपालीहरूमा भारतीय सत्ता सकारात्मक धारणा बनाउन प्रयासरत रहेकोझैं प्रतीत हुन्छ वामपन्थी नेतृत्वको सरकार नबन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वेटिङ प्रधानमन्त्रीका रूपमा रहेका केपी शर्मा ओलीलाई हार्दिकतापूर्वक दिएको बधाई तथा शुभकामनाबाट भारतीय सत्ताले अब बन्ने बामपन्थी नेतृत्वको सरकारलाई पेल्ने होइन, समझदारी विश्वासमा ल्याउने नीति अबलम्बन गरेको झैं देखिन्छ
नेपाली जनता भारतीय सत्तावीचको असमझदारी जुन रुपमा देखिएको , त्यसको निराकरण नेपाली सत्तासँग भारतीय सत्ताले गर्ने समझदारीबाट मात्र सम्भव देखिँदैन आम नेपाली जनतालाई भारतीय सत्ताप्रति सकारात्मक नबनाई नेपाली सत्तासँग मात्र सम्बन्ध सुधार्ने भारतीय सत्ताको नेपाल नीति सफल हुन त्यति सहज देखिँदैन
अब बन्ने वामपन्थी नेतृत्वको सरकार पनि नेपाली जनताको भावनामा चोट पुर्याउने गरी भारतीय सत्तासँग हात मिलाउन सक्ने अवस्थामा छैन भारतीय सत्ताले नेपाली जनतासँगको समझदारी विश्वास कहिले, कहाँ कसरी बिग्रन गयो भन्ने मिहिन तरिकाले विश्लेषण गरेर नयाँ नेपाल नीति बनाउन सकेमात्र नेपाल-भारत सम्बन्धमा हार्दिकता विश्वासनीयता पुनःस्थापित हुन सक्ने स्थिति
नेपाली राजनीतिमा भारतीय सत्ताको अनुचित अनावश्यक हस्तक्षेप ०४६ सालपछि सुरु भएको हो ०४६ सालको जनआन्दोलनमा आफूले खेलेको सहयोगात्मक भूमिकाको चर्को साउm ब्याज असुल्ने भारतीय सत्ताको व्यवहारले नेपाली जनतामा भारत विरोधी भावना जन्माइदिएको हो त्यतिबेला नेपाली सत्ताले भारतीय सत्ताको अगाडि राष्ट्रिय हितको पक्षमा अडान लिन नसक्दा नेपाली राजनीतिक नेतृत्वखेखि पार्टीसम्मले जनविश्वास बचाउन नसकेको कसैबाट छिपेको छैन

०४६ सालको जनआन्दोलनका राजनीतिक उपलब्धीहरू सङ्कटमा पर्नुको उल्लेखनीय कारण पनि यही नै हो त्यतिबेला त्यसरी नेपाली जनतामा जन्मिएको भारतीय विरोधी भावनालाई मुल्याङ्कन गरी भारतीय सत्ताले सम्बोधन गर्न नसक्दा नेपाल-भारत सम्बन्ध जटिलतामा फसेको हो

No comments